कञ्चनपुर : महाकाली नदीमा पानीकाे जलस्तर घटेपछि बिहीबार बिहानबाट शारदा ब्यारेज (बनवासा पुल) मा सवारीसाधन आवतजावत खुला गरिएको छ। हिजो नदीको बहाव बढेपछि भारतीय प्रशासनले चारपाङग्रे गाडीको आवतजावतमा रोक लगाएको थियो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई बहादुर धामीका अनुसार दिउँसो ४ देखि राति ११ बजेसम्म गाडी आउजाउमा रोक लगाइएपनि आज बिहान ६ बजेबाट भने निर्वाध सञ्चालनमा आएका हुन्।महाकाली नदीमा बिहान ६ बजे ९५ हजार ८ सय ९१ क्यूसेक पानी मापन गरिएको छ। १ लाख क्यूसेक भन्दा बढी पानी