नेपाली काँग्रेसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार पचास खर्बको पुर्याउने जनाएको छ। नेपाली काँग्रेसले पार्टीको घोषणापत्रमा पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५० खर्बको र नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्याउने जनाएको हो। हाल नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँको छ भने नेपालको पछिल्लो बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९…