तनहुँ – तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।
गाउँपालिकामा एम्बुलेन्स स...