गण्डकीमा जसपाका मन्त्री झन्डै फेरिएनन् !

पोखरा । नीति तथा कार्यक्रम पारित हुने दिन गण्डकीमा झन्डैले एक मन्त्रीको पद धरापमा पर्नबाट जोगिएको छ । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए । तर, उक्त दिन सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य संसद्मा उपस्थित...

सम्बन्धित सामग्री

गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार ४ मध्ये २ मन्त्रीलाई मात्र मन्त्रालयको टुंगो लगाउन सकेका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका हरिशरण आचार्य र स्वतन्त्र सांसदबाट मन्त्री नियुक्ति राजीव गुरुङ (दीपक मनाङ्गे) बिनाविभागीयमै सीमित छन् । काँग्रेसबाट मन्त्री नियुुक्त कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास परेको छ […] The post गण्डकीमा मनाङ्गे र आचार्य अझै बिना विभागीय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

गण्डकीमा जसपाका २ सांसद, दुवै मन्त्री

पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।

काठमाडौंको जसपा विवाद : गण्डकीमा प्रभाव

पोखरा। जसपामा भएको दुुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये आधिकारीक भन्ने विवाद चलिरहेको छ। यसैको असर गण्डकी प्रदेशमा पनि सरेको छ। जसपाका दुई सांसद विपक्षी गठबन्धनमा रहेपनि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दाबी गरेका हुन्। जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कार्वाही गरेको पत्रसमेत पेश गरेको बताइएको छ।

गण्डकीमा विपक्षी गठबन्धनद्वारा भौतिक उपस्थितिमै दाबी पेश गर्दै

पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशप्रमुख कार्यालय पुगेको नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका सांसदहरुको हस्ताक्षरसहित उनीहरु आफैं प्रदेशप्रमुखको कार्यालय पुगेका हुन्। दाबी पत्रमा काग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर रहेको छ।

गण्डकीमा विपक्षी दलको सरकार गठनका लागि बहुमतसहित दाबी पेश गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका सांसदहरुको हस्ताक्षरसहित प्रदेशप्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गर्ने तयारी भएको हो। कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी ३१ जना सांसदको हस्ताक्षर बुझाउने तयारी रहेको बतााइएको छ।

३१ सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने तयारीमा गठबन्धन

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन आज (शुक्रबार) नै सरकारमा जाने तयारी गरिरहेका छन्।कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै दाबी पेश गर्न उनीहरू नै प्रदेश प्रमुखसमक्ष जाने जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।उनले थाहाखबरसँग टेलिफोनमा भने, ‘हामीसँग ३१ सांसदको हस्ताक्षर छ। आज साढे पाँच बजेदेखि ६ बजेभित्र प्रदेश प्रमुखकहाँ दाबी पेश लिएर जानेछौँ।’सांसद आचार्यका अनुसार दाबी पेश गर्नका लागि कांग्रेसका १५, माओवादीका

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।

गण्डकीमा बहुमतको दाबीसहित सरकार गठनका लागि प्रदेशप्रमुखलाई विपक्षीको पत्र

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशप्रमुख समक्ष निवेदन दिएका छन्। पोखरलले आफूलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र जसपाको समर्थन रहेको उल्लेख गरेका छन्। प्रदेशप्रमुख सीता पौडेललाई बुझाइएको पत्रमा कांग्रेसको १५, सभामुखसहित माओवादीका १२, राजपाका ३ र जसपाका २ सांसद रहेको उल्लेख गरिएको छ।

गण्डकीमा गुरुङ सरकारको छिनोफानो १३ गते हुने

पोखरा : गण्डकी प्रदेश सरकारको विशेष अधिवेशन वैशाख १३ गते बस्दै छ। सभाको विशेष अधिवेशनले गुरुङ सरकारको छिनोफानो लगाउने छ। कांग्रेस, माओवादी र जसपाका २८ सांसदले विशेष अधिवेशनको माग गरेपछि १३ गते प्रदेश सभाको विशेष अधिवेशन हुँदै छ।आफ्नो सरकारको विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि चालु संसद अधिवेशन नै अन्त्य गराएका मुख्यमन्त्री गुरुङले पुनः संसद फेस गर्नु पर्ने भएको हो। मुख्यमन्त्री गुरुङको यो कदमलाई धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दाँजेका थिए। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा ए