साउन ३, काठमाडौं । भारत सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १५० थान आईसीयू बेड सहयोग गरेको छ ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला
ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन्।
सो अवसरमा मन्त्री कार्कीले भारत सरकारले महामारीको समयमा गरेको सहयोगका लागि धन्यवाद दिंदै ती बेड अस्पतालको आवश्यकता अनुसार तत्काल वितरण गरिने बताए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले आईसीयू बेड उपलब्ध गराएको राजदूत क्वात्राले बताए।