काठमाडौं। एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको बताइएको छ […]