काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइने बताउनुभएको छ ।
भूकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरूपा मन्दिर र सतलको आज मङ्गलवार पुनर्निर्माणको उद्घाटन उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।’
मन्त्री आलेले राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा निर्माण भएको विश्वरूपा मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको र...