अर्घाखाँचीको छत्रदेवमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

बुटवल – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्। अध्यक्षमा निर्वाचित श्रेष्ठले एमालेका उम्मेदवार दीपक पन्थीलाई १ सय ८३ मतान्तरले पराजित गरेका हुन्। उपाध्यक्षमा नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी पन्थीले […]

सम्बन्धित सामग्री

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र) का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा […]

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेठ, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन । चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए […]

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा एमालेका झम्क नेपाल सात हजार एक सय २७ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विकास लामाले ६ हजार एक सय ६८ मत प्राप्त गर्नुभयाे । अध्यक्षमा विजयी नेपाल यसअघि २०७४ को चुनावमा कांग्रेससँग पराजित हुनुभएकाे थियाे ।  यस्तै उपाध्यक्षमा पनि एमालेकी शोभना तामाङ विजयी हुनुभएकाे छ । उहाँले कांग्रेसकी दया मिश्रलाई पछि पार्नुभयाे ।

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरी प्रसाद भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्। उपाध्यक्षमा विजयी धनसुवा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का वीराज हमालले १९६९ मत ल्याए। महाशिलाका छ वटा…

रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।   उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...

नवलपरासी बौदीकालीको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९७६ र ओझाका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी केसी सारु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ती घिमिरेले ३ हजार ५०६ मत ल्याउनुभयो ।