वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिकरुपमा बाटो खुलेको छ । निर्वाचन आयोगले शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेश गरेसँगै सरकार निर्माणको बाटो खुलेको हो ।