नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उहाँले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गर्नुभयो । उहाँले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने …