काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर गोविन्दराज पोखरेलले आर्थिक अवस्था सुधार नहुञ्जेल पालिकादेखि सङ्घीय सरकारका नेतृत्वकर्ताको सुविधा कटौती गर्न माग गर्नुभएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पोखरेले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारहरूसँग समन्वय गरी देशकाे आर्थिक अवस्था नसुध्रिँदासम्म पालिकादेखि सङ्घीय सरकारसम्म राजनीतक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरूमा कटौती गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै राजनीतिक सहमति कायम गरी डाक्टर डिल्लीराज खनालको प्रतिवेदन ला...