पर्सामा रोपाइँको मुखमा रासायनिक मलको हाहाकार, भारतीय बजारबाट महँगोमा मल ल्याउँदै किसान

वीरगंज : बर्षेवाली धानको रोपाइँ नजिकिन थालेपछि पर्साका ग्रामीण किसानहरू रासायनिक मलको पखाईमा बसेका छन्। रोपाइँका समयमा आवश्यक पर्ने डीएपी, यूरिया र पोटास लामो समयदेखि कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीले वितरण गरेको छैन। पर्साको जीराभवानी गाउँपालिका-२ सेढवाका किसान रोगाई चौधरीले चैते धानको रोपाइँका समयमा पनि मल उपलब्ध नहुँदा…

सम्बन्धित सामग्री

रासायनिक मल उद्योग स्थापनार्थ सम्भाव्यता अध्ययन गर्न सम्झौता

मकवानपुर- जब किसानले बाली लगाउने बेला सुरु हुन्छ, हरेक वर्ष रासायनिक मलको हाहाकार हुने गर्दछ । सरकारले समयमै मलको आयात नगर्दा किसानहरू बाली लगाउने बेलामा मलको प्रयोग गर्न पाउँदैनन् र विभिन्न चरणमा आन्दोलनहरू समेत हुने गरेका छन् । यस वर्ष पनि धान रोपाइँ सुरु हुँदासम्म रासायनिक मलको व्यवस्था गर्न नसकेको भन्दै किसान महासं...

रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाएनन्

सर्लाही, ५ असार । जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने की नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे । “ जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ ।सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मलको आवश्यकता छ,” उनले भने । […]

भक्तपुरमा धान रोप्ने बेलामा मलको हाहाकार

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्ने तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।  केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको  छ ।पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको ज

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर, २० जेठ । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा […]

धान रोप्ने बेलामा मलको हाहाकार, किसानको पुकार : सरकार हामीलाई अरु हैन मल देऊ

भक्तपुर : किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ। यसवर्ष जेठमै वर्षा सुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्। केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ। पैसा…

धान रोप्ने बेलामा मलको हाहाकार : किसान भन्छन् - 'सरकार हामीलाई अरू हैन मल देऊ'

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ ।

धान रोप्ने बेलामा मलको हाहाकार : किसान भन्छन् - 'सरकार हामीलाई अरू हैन मल देऊ'

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ ।

धान रोप्ने बेलामा मलको हाहाकार : किसान भन्छन् - 'सरकार हामीलाई अरू हैन मल देऊ'

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ ।

धान रोप्ने बेलामा मलको हाहाकार : किसान भन्छन् - 'सरकार हामीलाई अरू हैन मल देऊ'

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ ।

सिरहामा रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

साउन १२, लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ ।  माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको विक्री वितरण बढेको हो । एकातिर सिरहामा रासायनिक मलको माग बढ्दै गएको छ भने अर्कोतिर जिल्लामा रासायनिक मल विक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लहानमा वर्षेनी मलको आपूर्ति घट्दै गएकाले किसान समस्या परेका हुन् । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ५०० बोरा डिएपी र छ हजार ४४० बोरा युरिया मलको आपूर्ति कम भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा ९२ हजार ६८३ बोरा डिएपी र ८४ हजार ९६० बोरा युरिया मल आपूर्ति भएकोमा गत आर्थिक वर्षमा ६० हजार १८३ बोरा डिएपी र ७८ हजार ५२० बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख मणिराज पौडेलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २३ हजार ७७ बोरा युरिया र दुई हजार ४०० बोरा डिएपी मल आपूर्ति भएकोमा आव २०७४/०७५ मा २६ हजार ७८८ बोरा युरिया र आठ हजार ५४९ बोरा डिएपी मल आपूर्ति भएको थियो । माग अनुसार आपूर्ति हुन नसक्दा जिल्लामा रासायनिक मलको हाहाकार हुने गरेको उनको भनाइ छ ।  त्यस्तै, आव २०७३/०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा युरिया र त्यतिकै परिमाणमा डिएपी मल चाहिएकोमा हाल १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल आपूर्ति भएको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।  कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट सो परिमाणको मल प्राप्त भएपछि कोटा निर्धारण गरेर हिजोबाट सिरहाका स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरहरुमार्फत किसानलाई वितरण गर्न थालिएको छ ।  ‘हामीलाई गत शुक्रवार १५ हजार ८८५ बोरा युरिया र दुई हजार ८०० बोरा डिएपी मल मात्र प्राप्त भएको छ’, कार्यालय प्रमुख पौडलले भने, ‘मल आउने वित्तिकै विक्री वितरण शुरु गरेका छौं ।’ बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुमार्फत मलखाद्य वितरण शुरु गरेको उनको भनाइ छ । डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको प्रमुख पौडेलले बताए ।  डिएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झण्डै आधा मूल्य बराबरको रासायनिक मलमात्र विक्री गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा रू. २७ करोड ४३ लाख ७३ हजार ३४ मूल्य बराबरको मलखाद्य विक्री गरेको कृषि सामग्री कम्पनी लहानले गत आर्थिक वर्षमा रू. १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको मात्र रासायनिक मल विक्री गरेको कार्यालयका लेखाप्रमुख नारायण खडकाले जानकारी दिए । सिरहामा कृषि सामग्री कम्पनी र साल्ट्र टेड्रिङ कम्पनीले गाउँ गाउँमा सहकारी संस्थामार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य विक्री वितरण गर्दै आएको छ ।  धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढेपनि अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सिमा नाकामा भएको कडाइलगायत कारणले सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलको भनाइ छ ।  डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासंघ प्रदेश नं २ का अध्यक्ष मुक्ति यादवले बताए । माग अनुसार आपूर्ति हुन नसक्दा यहाँका किसानहरु वर्षेनी मलका लागि डिलरहरु चहार्ने गरेको तरपनि सहज रुपमा मल पाउने अवस्था नरहेको उनको भनाइ छ ।  सिरहामा यस वर्ष कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जानकारी दिएको छ । अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । धानमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरीद गर्नुपरेको बताएका छन् । ‘धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन’, किसान राजकिशोर यादवले भने, ‘मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।’ उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए । रासस