दाइजो प्रथाले आक्रान्त रहेको तराईमा सामूहिक विवाह हुनु आफैंमा सुखद पक्ष हो । यस्तै काम भएको छ जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो । सीताराम विवाह …