जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष प्रचण्डको आग्रह

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले  त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए । जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनय...

सम्बन्धित सामग्री

प्रचण्ड–नेपाल भेटघाटमा सक्रिय, राजनीतिक सहकार्यमा जोड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपाध्यक्ष बामदेव गौतमले विहान भेटवार्ता गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा नेपाली राजनीतिलाई नयाँ ढङ्गले निकास दिनेगरी योजना बनाउन गौतमले आग्रह गर्नुभएको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाकाअनुसार उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियानलाई सफल पार्नेगरी योजना बनाउन अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्नुभएको छ । आफू पार्टी एकताको अभियानलाई सांगठनिकरुपमा अगाडि बढाएको स्मरण गराउनुहुँदै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नेगरी आवश्यक पहल लिन अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ ।