नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले ४० रन बनाएका छन् । २४ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ९९ रन बनाएको छ ।नेपालले पहिलो ओभरको पहिलो ब