मधेश प्रदेश : नयाँ बजेट सर्वसम्मतिले पारित

मधेस प्रदेशको प्रदेशसभाबाट आर्थिक वर्ष ०७९/०८० को बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भइसकेको छ ।असार १ गते अर्थमन्त्री साहले आर्थिक वर्ष ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट पेस गरेका थिए । 

सम्बन्धित सामग्री

मधेश प्रदेश सभाको एक वर्षको काम बजेट पास

मधेश प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्ष आज पूरा भएको छ । यो अवधिमा उसले गरेको प्रमुख काम हो, बजेट पास ।

मधेश प्रदेश : ६४ प्रतिशत बजेट खर्च, असारमा मात्रै ३० प्रतिशत खर्च

जनकपुरधाम : मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ मा ६४ दशमलव ४ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सरकारले विकास (पुँजीगत) बजेट ६१ प्रतिशत मात्र खर्च गरेको छ। विकास बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले चालू खर्चसमेत ६७ दशमलव ९२ प्रतिशतभन्दा बढी…

मधेश प्रदेश सरकारको बजेट आज पारित गरिने

काठमाडौँ – मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज पारित गरिने भएको छ। शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै आज पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी […]

मधेश प्रदेश सरकारद्वारा ३४ प्रतिशत मात्रै बजेट खर्च

मधेश प्रदेश सरकारले यस वर्षको जेठ मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ ।प्रदेश सरकारले विभिन्न मन्त्रालय र मातहतमा रहेको निकायको चालु खर्चतर्फ ४५.१२ प्रतिशत र पुँजीगततर्फ २५.१३ प्रतिशत गरी औसत ३३.९९ प्रतिशत बजेट चालु आर्थिक वर्षको ११ महिनामा खर्च गरेको छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा विभिन्न श

मधेश प्रदेश : करिब ४२ अर्बको बजेट ल्याइँदै

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउन लागेको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो। आर्थिक वर्ष २०७९-८०का लागि करिब ४२ अर्बको बजेट ल्याउन लागिएको छ। चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी…

मधेश प्रदेश : झण्डै ४२ अर्बको बजेट ल्याउँदै

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ  । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ ।मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि करिब ४२ अर्ब रुपैयाँको बजेट प्रदेशसभामा पेस गर्ने भएको छ ।चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब बढी ४

नेपाल बैंकको मधेश प्रदेश स्तरीय बजेट गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्नका लागि प्रदेश स्तरीय बजेट गोष्ठी आयोजना गर्दै आइरहेको छ । यसैक्रममा बैंकले मधेश प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । गोष्ठी २४ जेठदेखि २६ जेठसम्म धनकुटाको भेडेटारमा आयोजना गरिएको थियो । गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई […]

मधेश प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि

जनकपुरधाम– मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।  मधेश प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार २१ […]

मधेश प्रदेश सरकारको घोषणा : ठोरी पर्यटन क्षेत्र

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरि

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त

मधेश प्रदेश सरकारको चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयलाई ताकेता गरेको छ तर मन्त्रालयहरूले विकास बजेट खर्च बढाउनका लागि चासो नदेखाएकाले मन्त्रालयहरूको बजेट खर्चको अवस्था नाजुक रहको छ । मधेश प्रदेश सरकारले बजेट भाषणमार्फत विनियोजित बजेट ख...