९ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बालबालिका मुलुकका कर्णाधार रहेकोले उनीहरुको अधिकार सुनिश्चित नगरेसम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने …