काठमाडौं : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाउँदै छन्।मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। आज नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्। यो इदगाहमा नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गने चलन छ। बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी दिने गरिन्छ। बलिद