औद्योगिक क्षेत्रमा बढाइएको भाडा फिर्ता लिन उद्योगमन्त्री बडूलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आग्रह गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले मन्त्री बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रुपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।