चार्जिङ स्टेशनको अपर्याप्तता

विद्युत् आपूर्ति सहज हुँदै गएपछि नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढ्दै गएको छ । विद्युतीय सवारीसाधनको संख्या बढ्दै जाँदा हालसम्म २९ हजार २०० ईभी आयात भइसकेका छन् । चालू आर्थिक वर्षको साउनयता मात्र यस्ता विद्युतीय सवारीसाधन साढे ८ हजारभन्दा बढी आयात भएका छन् । पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधन वातावरणमैत्री हुन्छन् । यद्यपि विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीले पर्यावरणमा पार्ने असरका बारेमा चिन्ता नभएको होइन । तैपनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री हुनेमा भने विवाद छैन । नेपालमा विद्युत् उत्पादनको प्रचुर सम्भावना र उत्पादनमा भइरहेको वृद्धिले ईभीको प्रयोग व्यापक रूपमा बढाउनुको विकल्प छैन । ईभीको प्रयोग बढ्ने सम्भावना हुँदाहुँदै पनि चार्जिङ स्टेशन भने पर्याप्त हुन सकेको छैन, जसले गर्दा ईभी प्रयोगमा चुनौती थपेको छ । नेपालजस्तो मुलुकका लागि ईभीको प्रयोग झनै बढी आवश्यक छ । विद्युतीय सवारीसाधनले प्रदूषण कम गर्ने मात्र नभई पेट्रोलियम पदार्थ खरीदमा बाहिरिने ठूलो रकम पनि जोगिन्छ । अहिले जसरी पेट्रोलियम पदार्थ खरीदमा रकम बाहिरिने गर्छ, त्यसलाई रोक्न सकियो वा कम गर्न सकियो भने पनि अर्थतन्त्रका लागि ठूलो राहत हुन्छ । यस्तो अवसर संसारका थोरै मुलुकले पाउने र त्यसमा पनि नेपाल पर्ने सम्भावना छ । तर, यसका लागि नेपालले एकैचोटि कम्तीमा दुईओटा काम गर्नुपर्ने हुन्छ । पहिलो, विद्युत् उत्पादन क्षमता वृद्धि गर्दै लैजाने र दोस्रो, विद्युतीय सवारीसाधनका लागि पर्याप्त चार्जिङ स्टेशन बनाउनुपर्छ । २९ हजारभन्दा बढी ईभी आयात भइसकेको अवस्थामा अहिले जुन संख्यामा चार्जिङ स्टेशन तयार भएका छन्, यही गति कायम रहने हो भने नेपालका लागि यस्तो अवसर खेर जान सक्छ । व्यवसायीहरू ईभीका लागि निजीक्षेत्र र आयातकर्ताका तर्फबाट गर्नुपर्ने तयारी पूरा भइसकेको बताउने गर्छन् । उनीहरूको भनाइबाट सरकारी निकायले गर्नुपर्ने धेरै काम बाँकी रहेको बुझिन्छ । अर्थतन्त्र र वातावरणलाई बलियो बनाउने दुवै अवसर खेर फाल्नु भनेको एउटा सामान्य लापरबाही मात्र नभई गम्भीर कमजोरी हो । अहिलेको कमजोरीलाई सुधार नगर्ने हो भने देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

सम्बन्धित सामग्री

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

काठमाण्डाैं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर कम क्षमता थिए । त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँच वटा चार्जिङ स्टेशन निर्माण हुने भएको […] The post सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

३ पुस, चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन […]

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर …

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको […] The post चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

काठमाडौँ,३ पुष । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा […]

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ ।मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए । यी दुइ स्टेशन करिब रु ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटास

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

भरतपुर – चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले […]

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई अनुमति

काठमाडौं। सरकारले विद्युतीय सवारी सञ्चालनलाई चाहिने चार्जिङ स्टेशन बनाउने जिम्मेवारी निजी क्षेत्रलाई पनि सुम्पने भएको छ। सरकारले मात्रै देशभर चार्जिङ स्टेशन बनाउन नसक्ने भएपछि निजी क्षेत्रलाई सामेल गराइने भएको हो। चार्जिङ स्टेशन बनाउने कम्पनीलाई प्रोत्साहन गर्ने सरकारको निर्णय छ।

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई अनुमति

काठमाडौं। सरकारले विद्युतीय सवारी सञ्चालनलाई चाहिने चार्जिङ स्टेशन बनाउने जिम्मेवारी निजी क्षेत्रलाई पनि सुम्पने भएको छ। सरकारले मात्रै देशभर चार्जिङ स्टेशन बनाउन नसक्ने भएपछि निजी क्षेत्रलाई सामेल गराइने भएको हो। चार्जिङ स्टेशन बनाउने कम्पनीलाई प्रोत्साहन गर्ने सरकारको निर्णय छ।