दैलेखमा विपद् प्रतिकार्य नमुना अभ्यास

दैलेख : दैलेख सदरमुकामको नारायण नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी नमुना अभ्यास गरिएको छ। नगरपालिकाको नारायण बहुमुखी क्याम्पसमा जिल्लाका सुरक्षानिकायले क्याम्पस मैदानमा विपद् उद्धार नमुना अभ्यास गरेका हुन्।​ गर्मीयामको सुरुवातसँगै आगलागी जन्य विपद्का घटना बढ्न सक्ने भन्दै विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र प्रहरीले विपद् व्यवस्थापन नमुना अभ्यास गरेको हो। आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पुर्‍याउन ...

सम्बन्धित सामग्री

विपद् प्रतिकार्य तालिम सञ्चालन

व्यास–१० मादी नदी किनारमा सोमबार सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।  गण्डकी प्रदेश सरकार, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र व्यास–५ चापाघाटको कालीभञ्जन गण (ई) को संयुक्त आयोजनामा विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’को नमुना प्रदर्शनी गरिएको थियो ।