व्यास–१० मादी नदी किनारमा सोमबार सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकार, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र व्यास–५ चापाघाटको कालीभञ्जन गण (ई) को संयुक्त आयोजनामा विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’को नमुना प्रदर्शनी गरिएको थियो ।