लुम्बिनीमा नौटंकी : यही देख्‍नलाई हो वाम गठबन्धनलाई दुई तिहाई दिएको जनताले?

केन्द्रमा पुनर्स्थापित प्रतिनिधि सभाले कामधाम केही नपाएर शोक प्रस्ताव मात्र पारित गरेर बसेको बेला सरकारले हठात् अधिवेशन अन्त्य गरेकै दिन लुम्बिनी प्रदेशमा राजनीतिक नौटंकी देखियो। कर्णाली प्रदेशमा एमालेकै सांसदले फ्लोर क्रसिङ गरेर विश्वासको मत दिएर माओवादीको सरकार जोगाइदिएको धेरै भएकै थिएन, त्यसैको सिको लुम्बिनीमा भयो। लुम्बिनीमा एमालेका शंकर पोख्रेल नेतृत्वको सरकारविरुद्ध आज [...]

सम्बन्धित सामग्री

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

ओली र प्रचण्डले गुमाएको ऐतिहासिक अवसर

७ पुस, काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए । चुनावपछि दुबैले …

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

प्रतिनिधि सभामा दुई तिहाईका लागि वाम गठबन्धनलाई १० सिट अपुग :: Pahilopost.com

काठमाडौँ : प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक दुवै गरी वाम गठबन्धन दुई तिहाई बहुमतको नजिक पुगेको छ।  २७५ सिटको तल्लो सदन प्रतिनिधि सभामा दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। तर वाम गठबन्धनको कूल सिट १७४ मात्रै छ।  संघीय संसदका दुवै सदनको दुई तिहाई बहुमतले संविधानका कुनै पनि

वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ, पूरा गर्‍यो शतक :: Pahilopost.com

काठमाडौँः वाम गठबन्धनले प्रतिनिधिसभाका प्रत्यक्ष तर्फ एकसय स्थानमा जित हासिल गरेको छ। जारी मतगणनाको १३३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ। हाल अग्रता कायम रहेका क्षेत्रमा विजयी हासिल भएमा गठबन्धनले सहज दुई तिहाई पाउनेछ। १६५ निर्वाचन क्षेत्रमध्ये स्याङ्जाको मतगणना गएराति बाट सुरु

प्रतिनिधिसभाका २१ क्षेत्रकाे परिणाम आउन बाँकी, बाम गठबन्धन दुई तिहाई नजिक

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो । पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको …

वाम गठबन्धनको दुई तिहाई ? - Naya Patrika

एमाले–माओवादी मिलेर वाम गठबन्धन बनाएपछि विभिन्न थरीका टीका–टिप्पणी भए । विश्लेषकहरुले आ–आफ्नै अड्कलबाजी काटे । र, धेरैले यसको सार्थकता प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले देखाउने चर्चा गरे । वास्तवमा गठबन्धन प्रतिनिधि...पूरा पढ्नुहोस् »

मंसिर १० को निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई बहुमतः प्रचण्ड

चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरेको बताएका छन्। उनले देश अराजकताको भुमरीबाट उठाउन र नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरेको ज...