नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा

भोलि शुक्रबारका दिन वीरगन्जमा आयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ । मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगन्जमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगन्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आयोजना हुन गइरहेको सम्मेलनको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सम्मेलनले […]

सम्बन्धित सामग्री

भैरहवामा शुक्रबारदेखि ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुक्रबारदेखि भैरहवामा सुरु हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ को तयारी पूरा भएको छ। सम्मेलनमा ७७ वटै जिल्लाका करिब २५० देखि ३ सय महिला उद्यमीहरुको सहभागीता...

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको छ । आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो ।

‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’को तयारी पूरा

काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ को सम्पूर्ण तयारी पूरा भएको छ । उद्यम तथा व्यावसायिक क्षेत्रमा सफल व्यवसायी तथा उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले न्यू बिजनेश एज प्रालिले उक्त कार्यक्रम गर्न थालेको हो ।  कार्यक्रमको पहिलो सत्रमा समिट हुनेछ । समिटमा ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ थिममा प्यानल डिस्कसन राखिएको छ, जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल, रम्सन नेपालका सहसंस्थापक रुमी सिंह र गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा वक्ताको रूपमा रहेका छन् ।  प्यानल डिस्कसनको मोडरेटर स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका ट्रान्जेक्सन कन्ट्री हेड माइकल सिद्धीले गर्ने कार्यक्रम छ । कार्यक्रमको दोस्रो सत्रमा अवार्डस् वितरण हुनेछ, जसमा सातै प्रदेशबाट इन्टरप्राइजिङ वुमन अफ द इयरका रूपमा १–१ जना उत्कृष्ट महिला उद्यमी छनोट हुनेछन् ।  कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, ‘सोसल आन्त्रप्रेनर अफ द इयर, वुमन इन टेक अफ द इयर, प्रोफेशनल वुमन अफ द इयर, बिजनेश वुमन अफ द इयर, वुमन आन्त्रप्रेनर अफ द इयरसमेत घोषणा गरिनेछ । आगामी शुक्रवार काठमाडौंमा हुने विशेष कार्यक्रममा देशभरबाट छानिएका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिने आयोजकले जानकारी  दिएको छ । न्यू बिजनेश एज प्रालिका अनुसार सात प्रदेशबाट करीब २ हजार महिला उद्यमीलाई यस अवार्डमा सहभागी  गराइएको छ । विभिन्न सातभन्दा बढी विधामा उत्कृष्ट उद्यमीलाई विशेष समारोहमा सम्मान गर्न लागिएको हो । यसअघि सन् २०२२ मा न्यू बिजनेश एजले यसप्रकारको कार्यक्रम गरेको थियो । उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि नै गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम भने २०२१ देखि शुरू गरेको थियो । अवार्डस्को मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो । लाइफ इन्स्योरेन्स पार्टनरमा आइएमई लाइफ र ननलाइफ इन्स्योरेन्स पार्टनरमा सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) छन् । अवार्डस् कार्यक्रमलाई साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छ्रे बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड र ब्यन्जनको सहयोग रहेको छ । कार्यक्रमको आइकेयर पार्टनरमा न्यू भी. रोथो र इन्टरनेट पार्टनरमा वल्र्डलिंक रहेको छ । न्यू बिजनेश एजले  उद्यमशीलताको मुद्दालाई लामो समयदेखि उठाइरहेको छ ।

‘महिला नेतृत्व शिखर सम्मेलन–२०२३’ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व ‘शिखर सम्मेलन–२०२३’ को तयारी पूरा भएको जानकारी दिएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा गर्न लागिएको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको होे । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी आयोजकले दिएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

वीरगञ्ज घरेलु महासंघको २५ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा

वीरगञ्ज-नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ आंै राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पूरा भएको छ ।महासंघले मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार […]

वीरगञ्जमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तयारी पूरा

वीरगञ्ज (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन तयारी पूरा भएको छ । महासंघले मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी महाधिवेशन र सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो । पहिलो पटक काठमाडौं बाहिर महासंघको महाधिवेशन सम्पन्न गर्न गइरहेको बताउँदै महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले महाधिवेशनमा लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलता क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र कानुनबारे छफफल गरी निष्कर्षमा पुग्ने योजना रहेको बताए । महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २६ गते वीरगञ्जस्थित टाउन हलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महाधिवेशनवाट तीन वटै तहका सरकारले लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम एवं नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्वसमेत चयन गरिने अध्यक्ष गिरीले बताए । गत वर्षसम्मको तथ्यांकमा हालसम्म मुलुकभर ४ लाख ९८ हजार लघु, घरेलु तथा साना उद्योग दर्ता भएका र करिब २ लाख ६२ हजारले नवीकरण अध्यक्ष गिरीले जानकारी दिए । अहिले मुलुकमा क्रियाशील करिब २ लाख ७० हजार हाराहारी रहेका उद्योगमा ८ हजार जति मझौला एवं ठूला उद्योग र ९५ प्रतिशतभन्दा बढी उद्योग लघु घरेलु तथा साना उद्योग रहेको उनले बताए । यस्ता  उद्योगले अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत अंश योगदान गरिरहेको बताउँदै उनले भने, ‘यसबाहेक झन्डै पाँच लाख परिवार अनौपचारिक रूपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमान छ । यी सबैको गणना गर्दा लघु, घरेलु तथा  साना उद्योगले कुल गार्हस्थ उत्पादनको झन्डै १३ प्रतिशत योगदान पुर्‍याइरहेका छन् ।’ ‘झन्डै २७ लाख जनशक्तिलाई रोजगार उपलब्ध गराइरहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशतभन्दा बढी अंशमा योगदान दिँदै आएको छ । यति हुदाहँुदै यो क्षेत्र अझै उपेक्षित रहिआएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरेको अवस्थामा महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र २२ औं केन्द्रीय महिला उद्यमी सम्मेलन आयोजना गरिरहेका छौं’, अध्यक्ष गिरीले भने । पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्षहरू हरिहर थापा, सूर्य कँडेल, प्रकाश रावल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापति, महासंघ पर्सा शाखा अध्यक्ष हिरालाल साह कानुलगायत सहभागी थिए ।  नेपाल घरेलु  तथा साना उद्योग महासंघ ०४७ सालमा स्थापना भएको लघु, घरेलु तथा साना उद्योगीको प्रमुख छाता संस्था हो । यसअन्तर्गत हाल ३२८ वटा पालिकामा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र ७ वटै प्रदेशमा प्रदेश संघ कार्यरत छन् । साथै, केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झन्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् । झन्डै ४० हजार लघु घरेलु तथा साना उद्योगी महासंघ सदस्य छन् भने करिव १२ हजार महिला उद्यमी महिला उद्यमी सञ्जालमा जोडिएका छन् । महासंघमा २७ वटा वस्तुगत संघ संस्थागत सदस्यका रूपमा रहेका छन् भने एसोसिएट सहकारी र ऊर्जा क्षेत्र गरी थप २ हजार उद्योगी महासंघ सदस्य छन् ।

वीरगञ्जमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुँदै

कात्तिक ३, वीरगञ्ज  । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो शुक्रवार युवा महिला उद्यमी सम्मेलन गर्ने भएको छ ।   बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले बताएको छ । मोफसलमै पहिलो पटक वीरगञ्जमा हुन गइरहेको महिला उद्यमी सम्मेलनमा १०० भन्दा बढी उद्यमीको सहभागिता रहने एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।  सम्मेलनबाट महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् । ‘उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने छन्,’ सुनुवारले भनिन् ।  जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना सापेक्ष विकास सम्भव नभएकाले आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउन आवश्यक रहेको आयोजकको भनाइ छ ।  ‘महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट उद्यमशीलतासँगै आइपर्ने चुनौतीको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष अग्रवालले बताए ।  सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।  उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने आयोजकको भनाइ छ ।  सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्ने र स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने बताइएको छ ।  सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिने आयोजकको उद्देश्य छ । ‘यसका निम्ति रचनात्मक पहल गरिने पनि एनवाईईएफको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा लेडिज सर्कल नेपाल (एलसीएन) को सहकार्य रहेको बताइएको छ ।