जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जना बेपत्ता छन्।दुर्घटनामा परी आशिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्।

सम्बन्धित सामग्री

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जुम्ला जाँदै गरेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

अक्सिजन बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गतको कालीकोटको शुभकालिका–१ को एसमोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

मुस्ताङमा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी खोलामा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्