काठमाडौं । खुकुरी रमले सांगीतिक समूहसँगको सहकार्यमा स्थापितसँगै उदाउँदा कलाकारलाई प्रदर्शनको मौका दिने गरी देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । पछिल्लो समय युवा पुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा नयाँ कलाकारको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले सांगीतिक अभियान सञ्चालन गर्न लागेको हो ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुराँ, क्लब, खुला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायत ठाउँ छनोट गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्न लागेको उत्पादक नेपाल डिस्टिलरीका महाप्रबन्धक सुभास लामिछानेले बताए ।
संगीतका नयाँ कलाकारलाई देशभरका श्रोतामाझ परिचय गराउने र तिनलाई उत्साहित गरी नेपाली गीत–संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
देशका विभिन्न ठाउँमा आर्बिटरीसँग आबद्ध कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । आर्बिटरीले संगीतसम्बन्धी देशैभर आयोजना हुने अभियान शुक्रबारबाट सुरु गरेको छ ।
युवामाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीतस–ंगीतको प्रवद्र्धन एवं कलाकारको उत्थानका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको लामिछानेले बताए । संगीत र कलाकारलाई सहयोग गर्न आर्बिटरी ग्रुपले खुकुरी रमसँग सहकार्य गरेको कम्पनीका संस्थापक विपिन नकर्मीले जानकारी दिए ।
गीत–संगीतका विविध विधासँग सम्बन्धित कलाकारसँग अनुबन्ध गरी ३ महिने अभियान सञ्चालन गरिनेछ । खुकुरी रमले यसअघिका वर्षमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । हाल नेपालबाहेक १३ मुलुकका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।
खुकुरी रमले देशभर विशेष सांगीतिक अभियान थालेको छ । पछिल्लो समय युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले शुक्रबारदेखि विशेष सांगीतिक अभियान थालेको हो ।चर्चित सांगीतिक समूहसँगको सहकार्यमा उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरूमा विशेष सांगीतिक अभियान थालिएको खुकुरी रम उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी द