नेकपा (एमाले) का सांसद भीम रावलले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । उनी पक्षका नेता घनश्याम भुसाललाई कारबाहीका लागि एमाले अनुशासन आयोगले सिफारिस गरेको अवस्थामा रावलले नेतृत्वलाई उल्टो बाटो नहिँड्न पनि सुझाव दिएका छन् ।