२५ लाखभन्दा बढी नाइजेरियालीलाई मानवीय सहायताको खाँचो : युनिसेफ

काठमाडौँ- नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभावितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ । बाढीका कारण देशका ३६ राज्यमध्ये ३४ राज्य प्रभावित भएका छन् […]

सम्बन्धित सामग्री

‘कामकाजी परिवारलाई थप सहयोगको खाँचो’

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण बालबालिकामा पर्नसक्ने नकारात्मक असर न्युनिकरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । हालै युनिसेफ, विश्व श्रम संगठन तथा युएन वुमनद्वारा जारी सुझाव पत्रमा कोरोनाको प्रकोप फैलिइरहेकाले बालबालिकामा पर्न सक्ने नकारात्मक असर न्युनीकरण गर्नका लागि कामकाजी परिवारलाई सघाउनुपर्ने आवश्यकता औंल्याइएको छ । रोजगार गुम्नु, विद्यालय बन्द हुनु तथा बालबालिकाको हेरचाह गर्ने सुविधा उपलब्ध नहुनुका कारण विशेषगरी न्युन आय भएका परिवारलाई सहयोगको खाँचो रहेको सुझावपत्रमा उल्लेख छ ।