लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेको छ । तर, प्रसारण लाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएको छैन । हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए । […]