रास्वपाले पार्टीबाट हटाइएका महामन्त्री तथा केन्द्रीय सदस्य मुलुक ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुलुक ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिम पटक स्पष्टीकरणको मौका दिने’ उल्लेख छ ।