आइपुग्यो पाठ्यपुस्तक

ताप्लेजुङ, २७ चैत । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ ताप्लेजुङले जनाएको छ । अहिले पाठ्यसामग्री मिलाउने तथा भण्डारण गर्ने काम भइरहेकाले उक्त काम सकिएपछि बुधबारदेखि बिक्रीवितरण थालिने महासङ्घका […]

सम्बन्धित सामग्री

शैक्षिक शत्र शुरु भएको ३ महीना पछि मनाङमा आइपुग्यो ५०% पुस्तक

जेठ १९, मनाङ । यस वर्षको शैक्षिक शत्र शुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।  विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो ।  हिमाली जिल्ला मनाङमा शैक्षिक शत्र शुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । ‘जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक शत्र शुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,’ चपाईंले भने ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछन् ।  ‘सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,’ उनले भने, ‘तेस्रो हप्ता बढी भइसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’ सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।  जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जानकारी दिएको छ । चालू शैक्षिक शत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जानकारी दिएको छ ।  जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जानकारी दिएको छ ।  यस वर्षको शैक्षिक शत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नु पर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ ।  बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महीनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जनक शिक्षाले जानकारी दिएको छ ।  केन्द्र बिक्रेतामार्फत ७७ ओटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइरहेको पनि जानकारी दिएको छ ।  सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए ।  उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । ‘टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,’ कोइरालाले भने ।  लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनी बताउँछन् ।  ‘हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि १ किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब विस्तारै सजिलो बन्छ होला’ उनले भने । उनका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ । रासस

मनाङमा ५० प्रतिशत पाठ्यपुस्तक आइपुग्यो

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । …

म्याग्दीका सामुदायिक विद्यालयलाई ९५ प्रतिशत पाठ्यपुस्तक आइपुग्यो

प्रताप बानियाँ, म्याग्दी । कोरोना भाइरसको जोखिम, जारी निषेधाज्ञा र बाढीपहिरोको समस्याका बाबजुद हिमाली जिल्ला म्याग्दीमा नयाँ पाठ्यपुस्तक पुगेको छ । चालु शैक्षिक सत्रका लागि विद्यालयलाई आवश्यक ९५ प्रतिशत पाठ्यपुस्तकहरु आइतबार म्याग्दीमा भित्रिएको हो । जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तकहरु सदरमुकाम बेनीमा ल्याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनाएको छ […]

समयमै आइपुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु-याउन थालिएको छ। समयमा पाठयपुस्तक पुग्दा शैक्षिक अवस्थामा सुधार हुने विश्वास व्यक्त भइरहेको छ। गत वर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात/आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो।

सामुदायिक विद्यालयको पुस्तक आइपुग्यो

ताप्लेजुङमा सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तक आइपुगेको छ । जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मकै सबै पाठ्य पुस्तक आइसकेको जनाएको हो ।