सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको छः सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्र र संविधानको मर्ममाथि प्रहार गरेको बताए। हिजो संविधान मिचियो भनेर सडकमा नारा लगाउनेहरु नै आज एक कदम अगाडि बढेर संविधानको मर्ममाथि नै प्रहार गर्ने काम गरेका उनको भनाइ थियो।