रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् । जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण ...