धौलागिरि हिमालको आरोहण गर्दै ८४ वर्षीय स्पेनका कार्लोस

उमेरले ८४ वर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ । धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो […]

सम्बन्धित सामग्री

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

गलेश्वर । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने […]

धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै ८४ वर्षीय कार्लोस

उमेरले ८४ वर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ । धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो …

धौलागिरि हिमालमा एक जना आरोहीको ज्यान गयो

काठमाण्डाै – धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ । हिजो साेमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिनुभयो । ६० वर्षका पर्वतारोही एन्टोनिस पर्वतारोहणसँगै खेलकुदमा समेत सक्रिय रहनुभएको शेर्पाकाे भनाइ छ । एन्टोनिसले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा‚ मनास्लु, ल्होत्से र अन्नपूर्ण गर...

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

काठमाडौँ । ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा […]

यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा, २२ जना आरोही शिखरमा पुगे

काठमाण्डाै – यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा भएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेर सन् २०२२ को आरोहण सुरु भएको पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।   अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो वसन्त ऋतुको मौसममा १८ व...

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

तस्वीर :  संसारको सातौं अग्लो धौलागिरि हिमाल

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल । संसारको सातौं अग्लो ८ हजार १६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई कठिन मानिन्छ।अस्थिर मौसमका कारण यो हिमालको आरोहण चुनौतीपूर्ण रहेको आरोहीहरू बताउँछन्। तस्वीर : रासस

धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित

काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए । आरोही श्रेष्ठले आर्थिक […]

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी : म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ। यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो। धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ ) मिटर धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन्। सरकारल

धौलागिरि हिमालमा पनि पुग्यो कोरोना, चार शेर्पा संक्रमित, कैयौं बिरामी

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि दुई साताअघि गएको टोलीका सदस्यलाई कोरोना संक्रमण भएको छ। टोलीमा नेपाली र विदेशी गरी १३ जना थिए। तीमध्ये चार जना शेर्पालाई कोरोनाको लक्षण देखिएपछि तीन दिनअघि हेलिकोप्टरमार्फत काठमाडाैं लगेर परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट पोजेटिभ आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिए।उनका अनुसार अन्य आरोही बिरामी छन्। उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिए