धौलागिरि हिमालमा पनि पुग्यो कोरोना, चार शेर्पा संक्रमित, कैयौं बिरामी

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि दुई साताअघि गएको टोलीका सदस्यलाई कोरोना संक्रमण भएको छ। टोलीमा नेपाली र विदेशी गरी १३ जना थिए। तीमध्ये चार जना शेर्पालाई कोरोनाको लक्षण देखिएपछि तीन दिनअघि हेलिकोप्टरमार्फत काठमाडाैं लगेर परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट पोजेटिभ आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिए।उनका अनुसार अन्य आरोही बिरामी छन्। उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिए