निजामती सेवाका कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।
१४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित बुधबार संगठन...
अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद […]
नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा वसन्त चापागाईँ, कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, सहसचिवमा शोभा गैडा घिमिरे रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीम प्रसाद शर्मा, पशुपति गैडा, भवानी प्रसाद पाण्डे, रुपेश गेलाल, राम प्रसाद गैडा, युवराज ढकाल, अम्बिका दाहाल, निर्मला लामा, सहजिमा खातुन, अनिता पौडेल र सन्तोषी नेपाली सर
निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएक
काठमाडौं, असोज ४ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको […]
स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्। दुवै पक्षले
नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टी नजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सह कोषाध्यक्ष गण
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।...
नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले सरकारसमक्ष विभिन्न ३९ बुँदे माग अघि सारेको छ । यही चैत २८ गते काठमाडौंमा सम्पन्न भएको चौथो केन्द्रीय परिषद्को बैठकबाट पारित भएका विभिन्न ३९ बुँदे काठमाडौं घोषणापत्रसमेत आज सार्वजनिक गरेको छ ।आज (सोमबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो । संगठनले जारी […]