मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरू गरेको छ । अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौँ लाइनमा बस्दा भोग्नुपर्ने सास्तीबाट छुटकारा पाउने मिदासले दाबी गरेको छ । यो सेवा पूर्वाञ्चल स्वास्थ्य छेत्र अन्र्तगतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरू गरिएको सो कम्पनीले जानकारी दिएको छ ।बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमै पुगी लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै