काठमाण्डाै – सरकारले आउँदाे माग १२ गते राष्ट्रिय सभा चुनावकाे मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा चुनावकाे मिति तोक्ने निर्णय गरिएको जानकारी दिनुभएको हो ।
यस्तै सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्त...