प्रतिनिधि सभाको राज्य व्यवस्था र सुशासन समितिअन्तर्गत गठित उपसमितिले एकजना व्यक्ति एउटै निर्वाचन क्षेत्रबाट दुईपटक भन्दा बढी चुनाव लड्न नपाउने व्यवस्थासहितको सुझाव प्रतिवेदन समितिमा पेश गरेको छ ।
निर्वाचन सुधारसम्बन्धी सुझाव दिन माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदी संयोजकत्वमा गठित उपसमितिले एकजना व्यक्ति एकै निर्वाचन क्षेत्रबाट बढीमा दुईपटकसम्म मात्र निर्वाचित हुन पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिमा पेश गरेको हो ।
उक्त समितिले २०७८ वैशाख १२ गते नै राज्यव्यवस्था समितिमा प्रतिवेदन पेश गरे पनि य...