युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै, रोनाल्डोले एक गोल गरे बन्नेछ कीर्तिमान

१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको लागि […]

सम्बन्धित सामग्री

युइएफए नेसन्स लिग – इटाली, इंग्ल्यान्ड र जर्मनी एकै समूहमा

एजेन्सी – युरोकप २०२० को विजेता इटाली र उपविजेता इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी युइएफए नेसन्स लिगको एकै समूहमा परेको छ । युइएफएको मुख्यालय नियोनमा बिहीबार निकालिएको ‘ड्र’ मा इटाली, इंग्ल्यान्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’ को समूह ‘ए थ्री’ मा परेको हो ।नेसन्स लिगको यो तेस्रो संस्करण हो । पहिलोमा पोर्चुगल तथा दोस्रोमा इटाली च्याम्पियन […]

जर्मनीविरुद्ध इङ्ल्यान्डको पीडा : कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन । अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न

युरोपक : विजेताहरूको भिडन्त आज राति

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह 'एफ' का दुई खेलहरु हुँदैछन्। युरोकपको स्वाद चाखिसकेका ३ देशले आज प्रतिस्पर्धा गर्दैछन्।पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। यी दुईबीचको खेल राति पौने १ बजे जर्मनीकोम्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ।घरेलु टिमको चुनौती चिर्दै फ्रान्स तेस्रो पटक युरोकप जित्ने अभियानमा दौडने प्रयासमा छ भने

पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ । त्यस्तै, उनी सर्वाधिक धेरै अन्...

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

युरोकपमा आज दुई खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज (मंगलबार) समूह 'एफ'का दुई खेल हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टको पुस्कास एरिनामा नेपाली समयअनुसार राति ९:४५ बजेबाट खेल्दैछ। दोस्रो खेलमा साबिक उपविजेता तथा २०१८ को विश्वकप विजेता फ्रान्सले जर्मनीविरुद्ध राति १२:४५ बजे खेल्दैछ। खेल जर्मनीको म्युनिखस्थित एलिनाज रंगशालामा हुँदैछ।

बेन्जिमा करिब ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा

एजेन्सी। रियाल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा परेका छन्। प्रशिक्षक डिडियर डेसच्याम्पसले बेन्जेमालाई युरोपियन च्याम्पियनसिपका लागि टिममा बोलाएका हुन्। सहयात्रीलाई ‘ब्याकमेल’ गरेको काण्डपछि बेन्जेमा २०१५ यता फ्रान्स टिममा छैनन्। बेन्जेमाले युरो २०१६ र २०१८ को विश्वकप गुमाएका थिए। बेन्जेमाले फ्रान्सबाट ८१ खेलमा २७ गोल गरिसकेका छन्। फ्रान्सले समूह ‘एफ’मा हंगेरी, पोर्चुगल र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।