आन्तरिक राजस्व कार्यालय मकवानपुरले राजस्व संकलनमा प्रगति हासिल गरेको छ ।कोरोना महामारीका बीच पनि राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि गरेको आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुरको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति हासिल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय मकवानपुरक