काठमाडौं : प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशको पुनः नामकरणका लागि विभिन्न आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।समितिले अहिले नेपालभर माध्यमिक शिक्षा परीक्षा (एसइई) जारी रहेकाले यसलाई ध्यानमा राख्दै २०७९ चैत १७ देखि २७ गतेसम्म समितिको वृहत् जन प्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको जनाएको छ।आन्दोलन ३३ औँ दिनमा पुग्दा समेत राज्य पक्षबाट निकासको लागि कुनै