उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले बुढीगण्डकी जलविद्युत आयोजना अब पारदर्शी ढंगबाट अघि बढ्ने बताएका छन्। सोमबार साँझ सेतोपाटीसँग कुरा गर्दै थापाले बुढीगण्डकी चिनियाँ कम्पनी दिने यसअघिको सरकारको निर्णय खारेज गर्नुका पछाडि कुनै राजनीति नभएको बताए। ‘यो कुनै व्यक्ति वा संस्थाविरुद्ध होइन, लामो समयदेखि यसको विरोध भइरहेको थियो। आजको निर्णय संसदीय समितिको निर्देशन र देशको…