काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई उपप्रधानमन्त्री बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सबैलाई उपप्रधानमन्त्री बन्नुपर्ने आकांक्षा देखिएको भन्दै २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक सबैलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन्। ‘उपप्रधानमन्त्रीको झुण्ड भएर स्थायित्व हुने हो? दलहरुलाई उपप्रधानमन्त्री चाहियो। यदि मन्त्री नै समस्