संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयाे । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।टर्कीका राष्ट्रपति रेचप...