शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५/१५ दिनभित्रको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५/१५ दिनको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका हुन् ।