माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् ।गुरुङले एमसीसी सम्झौताभन्दा नेपालको संविधानमाथि हुनेछ लगायतका विषयहरू सुनाएका छन् । उनले सो ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको गुरुङले बताएका छन् । यो प्रक्रिया केवल उधारो सम्झौता त हुने हैन