आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए । ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्