काठमाडौँ। अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवा पक्राउ परेका छन्। सप्तरीको राजगणढ– ३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागले पक्राउ गरेको हो।