काठमाडौं । बेल्जियमस्थित नेपाली दूतावासले बुधबारदेखि विद्युतीय राहदानीका लागि आवेदन लिने कार्य शुरू गरेको छ । दूताबासले बुधबार जारी गरेको विज्ञप्तिमा राहदानीका लागि आवेदन दिँदा नै दूताबासमा फारम बुझाउने मिति र समय छनोट गर्न सकिने व्यवस्था रहेको र पूर्व निर्धारित मिति र समयमा प्रिन्ट गरिएको बारकोडसहितको फारम अनिर्वाय रूपमा लिएर मात्र लाइभ इनरोलमेन्टका लागि दूताबास […]